कास्की, असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
शुक्रबार प्रदेश सभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मतदानमा मुख्यमन्त्री पोखरेललाई सभाका बहुमत सांसदले विश्वासको मत दिएका हुन् ।
सभामा उपस्थित ५८ जना सांसद मध्ये ३१ जनाले पक्षमा तथा २७ जनाले विपक्षमा मत दिएका हुन् ।
मुख्यमन्त्री पोखरेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपासहित स्वतन्त्र सांसदले मत दिएका हुन् । विपक्षमा भने नेकपा एमालेका सांसदहरुले मत हालेका थिए ।
मुख्यमन्त्री भएको एक सातामै पोखरेलले विस्वासको मत आर्जन गरेका हुन् ।
अब उनले यस अघि विना विभागीय मन्त्रीका रुपमा नियुक्त गरेका मन्त्रीलाई जिम्मेवारी तोक्ने र नयाँ मन्त्री नियुक्त गर्ने संभावना रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline