जसपा : पार्टीको आधिकारीकता दाबी गर्दै उपेन्द्र यादव समुह निर्वाचन आयोगमा

जसपा : पार्टीको आधिकारीकता दाबी गर्दै उपेन्द्र यादव समुह निर्वाचन आयोगमा

  • शुक्रबार, असार ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दावी गर्न उपेन्द्र यादव समुह निर्वाचन आयोग गएको छ । अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत नेता आयोगमा पुगेर छलफल गरीरहेका छन् ।
गत असार ३ गते बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो । सत्ता समीकरणका लागि दुई पक्षमा भएको विवादका कारण जसपा विभाजित छ । ठाकुर समुहले पनि केन्द्रीय कार्यकारीणी समितिमा सदस्य थप्दै आफ्नो बहुमत दाबी गरीरहेको छ ।
निर्वाचन आयोगले दुबै पक्षलाई मान्यता नदिई एउटै पूर्ववत पदाधीकारी सहितको कमिटि मान्न निर्देशन दिएपछि असन्तुष्ट यादव समुह पुनः आयोग पुगेको हो ।
जसपा भित्र पार्टीमा यादवको बहुमत रहेको छ भने बढी सासद ठाकुरसँग रहेका छन् ।
ठाकुर समुह ओलीसँग सहकार्य गर्दै सत्तामा सामेल भएको छ भने यादव समुह सरकार बिरुद्ध आन्दोलित रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ