गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विस्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विस्वासको मत लिँदै

  • शुक्रबार, असार ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिदैछन् ।

आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विस्वासको मत लिने प्रकृया शुरु हुनेछ ।

मुख्यमन्त्री भएको एक साताभित्रै पोखरेलले विश्वासको मत लिन लिन लागेका हुन् । विस्वासको मत प्राप्त गरिसकेपछि मन्त्रीहरुको कार्यविभाजन र मन्त्रीमण्डल विस्तारको तयारी मुख्यमन्त्री पोखरेलले गरेको बुझिएको छ ।

मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेल विपक्षी गठबन्धनको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोग छ । गण्डकी प्रदेशसभा ६० सदस्यीय रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ