कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, संसोधीत महाधिवेसन कार्यतालिका निचोड दिने

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, संसोधीत महाधिवेसन कार्यतालिका निचोड दिने

  • शुक्रबार, असार ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

४ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो । १४ औं महाधिवेशनको तयारी लगायतका बिषयमा छलफल गर्न बिहिवारदेखि केन्द्रीय कार्यसमिति बैठक सुरु भएको हो ।

आजको बैठकले संसोधीत महाधिवेसन कार्यतालिका निचोड दिने बताइएको छ ।

यसअघि हिजो बसेको बैठकमा १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल भएको थियो । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ ।

नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव छ । कांग्रेस सहमहामन्त्री डाक्टर महतले साउन १२ गतेदेखि स्थानीय तहको निर्वाचन सुरु गर्ने र भाद्र १६ गते महाधिवेशन सुरु गरेर १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा आएको जानकारी दिनुभयो ।

यता, कृयाशील छानमिन समितिले आजबाट प्राप्त उजुरीउपर छलफल थाल्ने भएको छ । समिति संयोजक रमेश लेखकका अनुसार ६ गतेसम्मलाई कृयाशील सदस्यता उपर उजुरी गर्ने समय तोकिएको छ ।

पार्टीमा कृयाशील सदस्यता १ सय ६५ निर्वाचन क्षेत्रबाट इन्ट्री गर्नुपर्ने भएपनि हालसमम्म १ सय ४९ स्थानको मात्र इन्ट्री गरिएको छ ।

कृयाशील छानबिन समितिले भने आफ्नो कारण महाधिवेशन नरोकिने दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ