काठमाडौं, असार १ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोग निष्पक्ष नरहेको बताएका छन् ।
आज एक विज्ञप्ति निकाल्दै अध्यक्ष यादवले आयोगले निष्पक्ष ठाकुर पक्षलाई गरिएको कार्बाहीलाई मान्यता नदिएपछि विरोध जनाएका हुन् ।
ठाकुरलगायतलाई कारबाही गरिएकोबारे जानकारीसहित पार्टीको दल दर्ता किताबमा अद्यावधिक गर्न पठाइएकोमा निर्वाचन आयोगको जेठ ३० को बैठकले अस्वीकार गरेकोमा गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।
आयोग तटस्थ रहन नसकेको आरोप लगाउँदै यादवद्धारा जारी विज्ञप्तिमा , ‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रहरहीत भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हितअनुरूप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन । यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको छ ।’
आयोगका कामबारवाहीविरूद्ध राजनीतिक र कानुनी उपचारमा जाने पनि यादवको चेतावनी छ ।
दुबै पक्षले एकार्कालाई कार्वाही गर्दै आएका छन् भने उक्त निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोगमा पठाइए पनि आयोगले दुबैको कार्वाहीलाई मान्यता नदिई पुरानै पदाधीकारी कायम गरिदिएपछि यादव समुह आयोगप्रति असन्तुष्ट बनेको छ ।
