देउवा, प्रचण्ड र नेपालबीच कोटेश्वरमा भेटवार्ता, विपक्षी गठबन्धनलाई थप बलियो बनाउने सहमति

देउवा, प्रचण्ड र नेपालबीच कोटेश्वरमा भेटवार्ता, विपक्षी गठबन्धनलाई थप बलियो बनाउने सहमति

  • सोमवार, जेष्ठ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

३१ जेठ, काठमाडौं । विपक्षी गठाबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एमालेको माधव नेपाल समूहले अदालतको निष्पक्षता र विश्वास प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज साझ छलफल भएको थियो । नेता नेपालसँग भेट गर्न देउवा र प्रचण्ड कोटेश्वर पुगेका हुन् ।

उक्त छलफलमा राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई थप बलियो बनाउने सहमति बनेको छ ।उनीहरुबीच सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव र आगामी रणनीतिका विषयमा पनि छलफल भएको छ। राज्यका कतिपय अंग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा गठबन्धनका नेताहरुले आंशका गरेका छन् । उनीहरुले यस्ता निकायबाट निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण पनि गराएका छन् ।

उनीहरुबीच ‘वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो’ भन्नेमा पुनः स्पष्टता जनाएका नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।

सत्तारुढ नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। एमालेले पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक आह्वान गरेको छ। पार्टी केन्द्रमा ओली र नेपाल पक्षबीच लडाइँ जारी रहेपनि दोस्रो पुस्ताका नेता तथा कार्यकर्ताहरूमा भने पार्टी एक हुनुपर्ने भावना देखिएको छ। सर्वोच्च अदालतले एमाले महाविधेशन कमिटीलाई मान्यता नदिएपछि पार्टी जेठ २ कै अवस्थामा पुगेको चर्चा सुरु भएको छ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीले एमालेलाई ०७५ जेठ २ अनुसार अगाडि बढ्ने संकेत गरेका छन् । तर, नेपाल समूहले भने प्रतिनिधिसभा विघटनको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै आएको छ। पार्टीमा एकता कायम गर्न नेकपा एमालेको ओली नेपाल समूहका दोस्रो तहका नेताहरु आज पनि आन्तरिक छलफलमा जुटेका छन्।

यसैसन्दर्भमा पनि उक्त भेटमा छलफल भएको बताईएको छ । यस्तै कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउनसमेत नेताहरुले माग गरेका छन् । आजको छलफलमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ