गण्डकीका मुख्यमन्त्रीसहित ५ मन्त्रीले लिए शपथ, माओवादी, जसपा र दीपक मनाङे पनि सरकारमा सहभागी

गण्डकीका मुख्यमन्त्रीसहित ५ मन्त्रीले लिए शपथ, माओवादी, जसपा र दीपक मनाङे पनि सरकारमा सहभागी

  • शनिबार, जेष्ठ २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

पोखरा जेठ २९ । आज मुख्यमन्त्रीमा नियुक्त गरिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री सहित मन्त्रीहरुलाई शपथ खुवाएकी हुन् ।
शपथ लिनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । मन्त्रीहरुले कुन कुन मन्त्रालय लिने भने टुंगो भएको छैन ।
नेपालीलाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादी केन्द्र, राजमो, जसपा र एक स्वतन्त्र सांसदले समर्थन जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ