जेठ २९ पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद बास्तोलाले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिए । अब नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
हिजै ३१ सांसदको हस्ताक्षर सनाखत गरिएपनि तोकिएको अवधिभर उनलाई नियुक्त गरिएको थिएन । आज पूर्व मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुगंले पनि दाबी गरेका थिए । तर उनको दाबी पुग्ने आधार नदेखिएपछि पोखरेल नियुक्त भएका हुन् ।
पोखरेलको पक्षमा काँग्रेस, माओवादी, जनमोर्चा र जसपाका सांसदले समर्थन जनाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline