वाग्मती प्रदेश सभामा नेपाली कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका छन्। शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गरे ।साथै उनको अभिव्यक्ति संसदको रेकर्डबाट पनि हटाईएको छ ।
‘मैले संसद्को रोस्ट्रममा उभिएर प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेअनुसार आफ्नो भनाई फिर्ता लिन्छु।’ वैद्यले भने ।
उनले प्रधानमन्त्री ओलीको बिरोध गर्दै महात्मा गान्धीलाई गोली हान्ने नाथुराम गोड्से जस्तो आफू बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।
एमाले संसदीय दलले उक्त अभिव्यक्ति आपराधीक भएको भन्दै माफी माग्न माग गरेको थियो ।