राहत प्याकेज घोषणा गर्न माग, सांसदको रकमबाट आफ्नो क्षेत्रका जनतालाई खोप लगाउन पाउनु पर्छः सांसद श्रेष्ठ

राहत प्याकेज घोषणा गर्न माग, सांसदको रकमबाट आफ्नो क्षेत्रका जनतालाई खोप लगाउन पाउनु पर्छः सांसद श्रेष्ठ

  • शुक्रबार, जेष्ठ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

हेटौडा, २८ जेठ । काठमाडौं क्षेत्र नम्बर १ (क ) बाट निर्वाचित बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठले सांसदको रकमबाट आफ्नो क्षेत्रका जनतालाई खोप लगाउन पाउनु पर्ने माग राखेका छन् ।
बागमती प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले सांसदहरुले पाउँदै गरेको प्रदेश पूर्वाधार विकासको बजेटमा आवश्यक रकम थप गरेर आफ्नो क्षेत्रमा बसोबास गर्ने जनतालाई खोप लगाउन पुग्नेगरी बजेट विनियोजन गर्न प्रदेश सरकारसँग माग राखेका छन् ।
प्रदेश पूर्वाधारको रकम बढाएर खोप किन्न सक्नेगरी व्यवस्थापन गर्न र आर्थिक राहत प्याकेजको घोषणा गर्न सांसद श्रेष्ठले बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनले लकडाउनका कारण जनता रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको भन्दै यसमा गम्भीर हुन सरकारलाई चेतावनी दिएका छन् ।

सांसद श्रेष्ठले बुद्धनगरमा पार्क बनाउन लागेको सरकारी जग्गामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अवरोध गरेको भन्दै कारबाही गर्नसमेतमाग राखेका छन् ।
सर्वोच्च अदालतले सरकारी हुने फैसला गरेको जग्गामा मेयर शाक्यले भूमाफियासँग मिलेर पार्क बनाउन अवरोध गरेको सुनाउँदै उनले आक्रोश व्यक्त गरे । महाननगरपालिकामा रहेको कार्यान्वयन एकाईलाई उक्त कार्यक्रम रोक्ने अधिकार नरहेको बताउँदै सांसद श्रेष्ठले मेयर शाक्यमाथि कारबाही गर्नुपर्ने तर्क गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ