लोकतन्त्र संकटमा परेकाले बचाउन सबै दल एक हुनु पर्ने सर्वदलीय बैठकको निष्कर्ष

लोकतन्त्र संकटमा परेकाले बचाउन सबै दल एक हुनु पर्ने सर्वदलीय बैठकको निष्कर्ष

  • शुक्रबार, जेष्ठ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरु लोकतन्त्र र संविधान संकटमा परेको भन्दै यसको रक्षाका लागि एकजुट हुने निष्कर्षमा पुगेका छन् ।
बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत जानकारी दिए ।
यो बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत निमन्त्रणा गरिएको भए पनि उनी सहभागी भएनन् ।

यसै गरी कोरोना महामारी नियन्त्रणमा सरकार गंभीर नबनेको र खोपको व्यवस्था हुन नसकेकोमा पनि दलका नेताहरु चिन्तित बनेका छन् ।

बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकले निष्कर्ष निकालेको छ ।
भट्टराईले पटक पटक संसद विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको​ पराकाष्ठा भएको भन्दै १४६ जनाले अदालतमा निवेदन दिएको र सोही अनुसार निकास आउनेमा विश्वास गरिएको बताए ।

बैठकमा सभामुख बाहेक पूर्व प्रधानमन्त्रीहरु, काँग्रेस, माओवादी , एमाले र जसपाका शीर्ष नेताहरु सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ