जनमोर्चाका गण्डकी प्रदेश सांसद पुनः पदमुक्त, विपक्षीले सरकार बनाउने संभावना बढ्यो

जनमोर्चाका गण्डकी प्रदेश सांसद पुनः पदमुक्त, विपक्षीले सरकार बनाउने संभावना बढ्यो

  • शुक्रबार, जेष्ठ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

जेठ २८ पोखरा । यस अघि सर्वोच्चले पुनर्वहाली गरिदिएको राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाको पद फेरी गुमेको छ । जनमोर्चाले उनलाई पुनः पदमुक्त गरिदिएको हो ।
यसअघि पार्टी निर्देशन नमानेको भन्दै गत बिहीबार सांसद पदबाट हटाइएका थापालाई गत आइतबार सर्वोच्च अदालतले पुर्नबहाली गरिदिएको थियो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत मागेका बेला भएको मतदानमा बिहीबार थापा तटस्थ बसेका थिए । पार्टीले मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न भनेपनि उनी तटस्थ बसेकाले राष्ट्रिय जनमोर्चाले पदबाट हटाएको हो । सभामुख नेत्रनाथ अधिकारीले शुक्रबारको प्रदेशसभा बैठकमा राजनीतिक दल सम्बन्धि ऐन २०७३ को परिच्छेद ६ दफा ३५ को उपदफा १ बमोजिम उनलाई पदमुक्त भएको जानकारी गराएका हुन ।

पुनर्बहाली गर्ने सर्वोच्चको आदेशमाथि जनमोर्चा, प्रदेशसभा, सभामुखले पुनरावलोकनको माग गरेका थिए । यससम्बन्धी आगामी ३१ गते सुनुवाइ हुँदैछ । जनमोर्चाले यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षीमा मोर्चाबन्दी गरेका विपक्षी गठबन्धनलाई सहयोग गर्ने निर्णय गरे पनि थापाले मानेका थिएनन । थापा बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ को खबाट निर्वाचित सांसद हुन् । उनी संसदीय दलको नेता समेत थिए ।

उनी पदमुक्त भएसँगै अब बिपक्षीको ३० मतले नै सरकार गठनका लागि बहुमत पुग्न सक्ने संभावना छ ।
यस अघि हिजो मात्रै मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ विस्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ