बैतडीमा आजदेखि जेष्ठ नागरिकलाई भेरोसेल खोप लगाइने

बैतडीमा आजदेखि जेष्ठ नागरिकलाई भेरोसेल खोप लगाइने

  • शुक्रबार, जेष्ठ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

२८ जेष्ठ, बैतडी । बैतडीमा जेष्ठ नागरिकलाई खोप लगाउने अभियान आजदेखि सुरु हुदैंछ । देशभर जेठ २५ गतेदेखि उक्त अभियान सञ्चालनमा आएको भएपनि बैतडीमा भने आजदेखि मात्रै सञ्चालनमा आउन लागेको हो ।

सरकारले जेठ २५ गतदेखि ६२ देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउन भनेपनि बैतडीमा भने आजदेखि खोप अभियान सुरु हुने भएको हो ।

सुरुमा ६० देखि ६४ बर्षका नागरिकलाई खोप दिने भनिएकोमा पछि संशोधन भएर ६२ देखि ६४ बर्षका नागरिकलाई खोप दिने भनेकाले खोप अभियान सुरु गर्न केही ढिलाई भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“पहिला ६० देखि ६४ भनेकोमा अहिले ६२ देखि ६४ भनेकाले सबैठाउँमा सूचना प्रवाह गर्नका लागि केही ढिला सुरु गर्ने गरेका हौं” ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा जेठ २८ गते आज खोप लगाइनेछ भने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जेठ ३० गते खोप लगाइनेछ ।

यस्तै पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा असार १ गते खोप लगाइने जनाइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ