मन्त्रीले नै साथ नदिएपछि गण्डकीका मुख्य मन्त्रीले पाएनन् विस्वासको मत

मन्त्रीले नै साथ नदिएपछि गण्डकीका मुख्य मन्त्रीले पाएनन् विस्वासको मत

  • बिहिबार, जेष्ठ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

जेठ २७ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।
विपक्षी गठबन्धनले त मत दिएननै स्वयं उनकै सरकारमा खेलकुद मन्त्री रहेका दीपक मनागेंले पनि मत दिएनन् । उनी संसदको बैठकमै अनुपस्थित रहे । गुरुङले जम्मा २७ मत मात्र पाएका छन् ।
अन्य प्रदेशमा बिपक्षीलाई साथ दिदै आएको खनाल नेपाल समुहका सांसद ईन्द्र सापकोटाले पनि मुख्यमन्त्रीलाई विस्वासको मत दिए भने यस अघि उनको पक्षमा लागेका जनमोर्चाका सांसद कृष्ण थापाले मत दिएनन् ।
यसअघि मुख्यमन्त्री गुरुङलाई मतदान गर्ने बताउँदै आएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा भने तटस्थ बसे । विश्वासको मतको प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादीका २ सांसदले मत दिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवस्यक पर्छ ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउ भन्दै प्रस्ताव पेश गरेका भए पनि पाउन भने सकेनन् ।
अब दीपक वा कृष्ण थापाले सहयोग गरेको अवस्थामा काँग्रेसको नेतृत्वमा सरकार बन्ने संभावना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ