स्वास्थ्यमन्त्रीले बुझाए सम्पति विवरणः काठमाडौंलगायत १४ स्थानमा जग्गा, २२ तोला सुन

स्वास्थ्यमन्त्रीले बुझाए सम्पति विवरणः काठमाडौंलगायत १४ स्थानमा जग्गा, २२ तोला सुन

  • बिहिबार, जेष्ठ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

२७ जेष्ठ, काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सम्पति विवरण सार्वजनिक गरेका छन् । तामाङको काठमाडौं, सिन्धुपाल्चोक, मोरङ र खोटाङमा गरी १४ ठाउँमा २० रोपनी भन्दा बढी जग्गा रहेको पाइएको छ ।

मन्त्री तामाङले बुझाएको सम्पति विवरणमा तामाङको नाममा सिन्धुपाल्चोक र काठमाडौंका चार ठाउँमा र श्रीमती उषाकला राईको नाममा ११ ठाउँमा जग्गा रहेको छ ।

तामाङको नाममा रहेको काठमाडौं र सिन्धुपाल्चोकको जग्गाको स्रोत अंश र पुख्र्यौली भनिएको छ भने राईको खोटाङमा रहेको जग्गाको स्रोत पुख्र्यौली भनिएको छ । बाँकी ठाउँको जग्गा प्राप्तिको स्रोत खुलाइएको छैन् ।

यस्तै स्वास्थ्यमन्त्री तामाङले बुझाएको सम्पति विवरणमा २२ तोला सुन रहेको छ । यो सुन पुख्र्यौली र केही खरिद रहेको तामाङले बुझाएको विवरणमा उल्लेख छ ।

यस्तै तीनवटा बैकमा रहेको खातामा तामाङ र श्रीमती राईको ३ लाख २७ हजार ३५० रुपैयाँ नगर रहेको छ । यस्तै कम्पनीको शेयर, ऋणको विवरणसमेत तामाङको नाममा छ ।

त्यस्तै सवारी साधनमा एउटा मोटरसाइकल र एउटा कार रहेको छ । अन्य विवरणमा तीन थान ल्यापटप र तीन वटा मोबाइल रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ