संसद विघटन सम्बन्धि मुद्धामा बहस शुरुः प्रधानन्यायधीशले भने अब ईजलाशबारे कुनै कुरा सुनिदैन

संसद विघटन सम्बन्धि मुद्धामा बहस शुरुः प्रधानन्यायधीशले भने अब ईजलाशबारे कुनै कुरा सुनिदैन

  • बुधबार, जेष्ठ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

प्रतिनिधि सभा विघटन बिरुद्ध परेका रिटको सुनुवाई शुरु भएको छ । यस अघि गठित ईजलाशमा न्यायधीशहरुमाथि प्रश्न उठेर विवादका बीच लामो समय खेर गएपछि आज भने प्रधानन्यायधीशले अब ईजलाशमा न्यायधीशमाथिका कुनै पनि कुरा नसुन्ने भन्दै जे भन्नु पर्ने हो फैसलामा भन्ने बताएका छन् ।
उनको यो निर्देशन सँगै अहिले शेर बहादुर देउवा सहित १४६ सांसदको तर्फबाट कानुन व्यवशायीले बहस शुरु गरेका छन् ।
उक्त निर्देशनसँगै शेरबहादुर देउवासहित १४६ सांसद रिट निवेदक रहेको मूल निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादवले बहस गरीरहेका छन् ।
सरकार पक्षले स्वार्थ बाझिने भन्दै यसअघि उक्त दु्ई न्यायाधीशहरु आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीलाई संवैधानिक इजलासमा नराख्न माग गरेको थियो।
प्रत्यक कानुन व्यवशायीलाई आधा घण्टाको समय दिईएको छ ।
संवैधानिक इजलासका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आधा घण्टा अर्थात् ३० मिनेटभन्दा एक मिनेट पनि थप नहुने भनेका छन् ।
यसअघि सोमबारका लागि पेसी तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्वस्थ भएपछि सुनुवाइ आजका लागि सारिएको हो ।
पहिलेको संवैधानिक इजलासप्रति संसद विघटनविरूद्धको मुद्दा हाल्ने सांसदहरूपक्षका वकिलले प्रश्न उठाएपछि प्रधानन्यायाधीशले न्यायाधीशको वरिष्ठताका आधारमा गत आइतबार इजलास पुनर्गठन गरेका थिए।

जसमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ