सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीको विस्वासको मत लिने प्रकृया शुरु

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीको विस्वासको मत लिने प्रकृया शुरु

  • मङ्लबार, जेष्ठ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले राखेको विस्वासको मत लिने प्रस्तावको पक्ष विपक्षमा मतदानको प्रकृया शुरु भएको छ । नेकपा विभाजनसँगै एमाले ओली समुहले माओवादी नेतृत्वको सरकार विस्थापित गर्न कदम चालेका थिए ।
तर एमाले भित्रको माधव समुह, काँग्रेसको समेत समर्थनमा माओवादीको सरकार थप मजबुत हुने देखिएको छ । एमाले भित्र ओली समुहको तुलनामा बलियो हैसियतमा रहेको माधव समुहको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विस्वासको मत दिने निर्णय गरीसकेको छ ।
त्यसै गरी काँग्रेसले पनि आवस्यक परे विस्वासको मत दिने निर्णय आजै गरेको छ । यसले माओवादीलाई राहत मिलेको छ ।
यस अघि कर्णालीमा पनि ओली समुहको निर्देशन विपरीत फ्लोर क्रस गरेर माधव समुहका चार सांसदले मत दिएपछि माओवादीका महेन्द्र बहादुर शाहीको सरकार सुरक्षित भएको थियो ।
सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। यहाँ मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ।

नेकपा एमालेका २४ जना सदस्य छन्। नेकपा माओवादीका १३ जना छन्। नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टी जसपा नेपालका दुई जना प्रदेश सभा सदस्य छन्।

एमालेका २४ मध्ये १६ सदस्य माधव नेपाल पक्षमा छन्। प्रधानमन्त्री ओली पक्षमा ८ जना मात्रै रहेको बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ