काठमाडौँ महानगरपालिकाको खोप अभियान शुरु, खोपसँगै खाजा निशुल्क खुवाईदै

काठमाडौँ महानगरपालिकाको खोप अभियान शुरु, खोपसँगै खाजा निशुल्क खुवाईदै

  • मङ्लबार, जेष्ठ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट सुरु ६० देखि ६४ बर्ष उमेरसमूहका करीब १ लाख नागरिकलाई कोविडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको बताउनु भएको छ ।

‘काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा आजबाट खोप अभियान सञ्चालन भएको छ,’ शाक्यले भन्नुभयो, ‘हामीले नेपाल सरकारसँग समन्वय गरेर महानगरपालिकाको व्यवस्थापनमा सुरु गरेको यो चरणको खोप एक लाखलाई दिने लक्ष्य राखेका छौँ ।’ यसअघि पहिलो मात्राको खोप लगाउन छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक यो खोप दिन लागिएको हो । ‘विगतका दिनमा अस्पतालहरुमा केन्द्र बनाएर खोप अभियान सञ्चालन गर्दा भिडभाड हुने, त्यही भिडभाडबाट संक्रमण फैलिने डर हुने लगायतका विभिन्न खाले गुनासो आएपछि त्यसलाई सम्वोधन गर्ने गरी भेरोसेल खोप लगाउँदा काठमाडौँ महानगरपालिका आफैँले व्यवस्थापन गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘अघिल्लो चरणको खोप पनि महानगरपालिककै व्यवस्थापनमा सञ्चालन गरेका थियौँ । त्यो बेला पनि धेरै सहज भयो भन्ने पनि प्रतिक्रिया प्राप्त भएपछि यो पटक पनि हामीले ३२ वटै वडामा ३२ वटा केन्द्र बनाएर अभियान सञ्चालन गरेका छौँ ।’
उहाँले अस्पतालमा अनावश्यक भिड गर्दा त्यहिबाट संक्रमण फैलिने हो कि भन्ने जनगुनासोलाई ध्यानमा राखेर ६० देखि ६४ वर्ष उमेर समुहका नागरिकलाई खोप लगाउने अभियान काठमाडौँ महानगरपालिकाकै व्यवस्थापनमा सञ्चालन भैरहेको भन्दै त्यो उमेर समूहका आम महानगरवासी नागरिकलाई सेवा लिन आग्रह गर्नुभयो ।
‘हामीले ३२ वटै वडालाई निर्देशन नै जारी गरेर ६० देखि ६४ वर्ष उमेर समूहका नगरिकलाई एकै दिन खोप लगाउँदा भीड हुने भएकाले उमेर समूह अनुसार फरक–फरक दिन गरी पाँच दिनसम्म लगाउने व्यवस्था गरेका छौँ’ उहाँले भन्नुभयो, ‘यो अभियान काठमाडौँ महानगरका नागरिकलाई मात्रै होइन ७७ जिल्लाबाटै राजधानीमा बसोवास गर्ने सो उमेर समूहका नागरिकलाई हो । तपाईँहरु आफूलाई पायक पर्ने स्थानमा नागरिकतासहित खोप लगाउन जानु होला । ’
उहाँले भीडभाड कम गर्न पाँच समूह विभाजन गरी खोप अभियान सञ्चालन गरेको भए पनि श्रीमान–श्रीमती वा जेष्ठ नागरिकलाई खोप लगाउन साथैमा लिएर खोप केन्द्र पुगेका त्यो उमेर समुह भित्रका नागरिकलाई भने खोप लगाउने दिन होइन रहेछ भने उसलाई समेत त्यसैदिन खोप लगाएर पठाउने व्यवस्था गरेको बताउनुभयो । ‘व्यवहारिक पक्षलाई समेत ध्यानमा राखेर हामीले उहाँहरु दुई–दुई पटक आउनु नपरोस भनेर त्यस्तो व्यवस्थापन गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘हामीले सबै खोप केन्द्रमा खोप लगाएपछि केही समय आराम गर्ने र आराम गर्ने क्रममा दिक्क नहोस भनेर चिया–कुकिजको पनि व्यवस्थापन गरेका छौँ ।’
सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले पनि २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गर्नुभयो । ‘खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ,’ उहाँले भन्नुभयो, ‘यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर शिफारिस लिएर जानुपर्नेछ ।’
वडा खोप केन्द्रको नाम
१। नन्दी रात्री स्कुल, नक्साल
२। वडा कार्यालय, लाजिम्पाट
३। वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र
४। वडा कार्यालय, वालुवाटार
५। वडा कार्यालय, हाँडीगाउँ
६। महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध
७। वडा कार्यालय, मित्रपार्क, चावहिल
८। गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी
९। अनुपम फुडल्याण्ड, बत्तीस पुतली
१०। म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर
११। विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर
१२। बुद्ध माई अस्पताल, टेकु
१३। जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी
१४। वडा कार्यालय, भुवनेश्वरी कलंकी
१५। भुइँखेल चौर, स्वयम्भू
१६। बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार
१७। पब्लिक युथ क्याम्पस, धोवी चौर
१८। पुष्पलाल पार्क, विष्णुमती किनार
१९। वडा १९ कार्यालय परिसर,
२०। शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी
२१। सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल
२२। वडा कार्यालय, टेवहाल
२३। नव आदर्श विद्यालय, बसन्तपुर
२४। इतुमबहाल, तारणीबहाल
२५। कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी
२६। वडा कार्यालय परिसर, लैनचौर
२७। महावौद्ध चोक
२८। कार्यालय परिसर, सिटी मार्केट
२९। विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार
३०। सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक
३१। इ।पी।एस। स्कूल, मीनभवन
३२। वडा कार्यालय परिसर, पाल्पाकोट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी