एमालेमा एकताको संभावना टर्दैःओलीको वक्तव्यको भ्रममा नपर्न खनाल नेपाल समुहको अपील ( पूर्ण पाठ)

एमालेमा एकताको संभावना टर्दैःओलीको वक्तव्यको भ्रममा नपर्न खनाल नेपाल समुहको अपील ( पूर्ण पाठ)

  • सोमवार, जेष्ठ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एमाले भित्र एकताको अनेकौँ प्रयासका बाबजुद एमाले भित्र एकताको संभावना टर्दै गएको छ । एकताका लागि अध्यक्ष ओलीले जारी गरेको ६ बुदे विज्ञप्तिप्रति सन्देश पैदा गर्दै प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिनु पर्ने माग आज सार्वजनिक गरेपछि एमाले भित्र मिलनबिन्दु कम देखिएको हो ।
पार्टी एकताका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका थिए।

ओलीले शर्त राखेको भोलिपल्ट बसेको खनाल(नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएमा हस्ताक्षरको विषय आफैं समाधान हुने तर्क अघि सारेको छ।
प्रतिनिधि सभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णय सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनमा हामीले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वसर्त राखिएको छ, खनाल नेपाल पक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो।
खनाल नेपाल पक्षले एकताका लागि ओलीले राखेका ६ प्रस्तावको एक(एक गरेर जवाफ समेत दिएको छ।
उहाँको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ,ु विज्ञप्तिमा भनिएको छ, ।
विज्ञप्तिमा पार्टी विधान अनुरुप पार्टीलाई एकताबद्ध बनाउने उहाँको सोच नै नरहेको देखिएकोले अध्यक्ष केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न हामी पार्टीका सम्पूर्ण इमान्दार नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं।’ भनिएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरण २०७५ साल जेठ ३ गते भएकोले सर्वोच्च अदालतबाट नेकपा ९एमाले० पुनर्जीवित हुने फैसला भएकाले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्ररूपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मल्याउने भाषा प्रयोग भएको यस समुहको धारणा छ ।

https://www.mirmireonline.com/wp-content/uploads/2021/06/Press-statement-SC-78-2-24.pdf

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ