एमाले विबादः ओलीको ६ बुँदे प्रस्तावमा नेपाल पक्षले लिखित जवाफ दिने

एमाले विबादः ओलीको ६ बुँदे प्रस्तावमा नेपाल पक्षले लिखित जवाफ दिने

  • सोमवार, जेष्ठ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

जेठ २४, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ ।

नेपाल समूहका नेताहरुको आज भएको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने निर्णय गरेको हो ।
स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार ओलीको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा नभएको निश्कर्ष निकाल्दै बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्ने निर्णय भएको छ ।

‘पत्रको जवाफ पत्रमा नै दिने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘पत्रको कहिले पठाउने भन्ने सन्दर्भमा माधवकुमार नेपाल कमरेडले निर्णय लिनुहुन्छ ।’

वैशाख २५ मा नेता नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष ओलीलाई पत्र पठाएका थिए ।

पार्टी एकताको निम्ति इमान्दारीपूर्वक आएको प्रस्ताव हैन । उहाँ (ओली)ले राखेका बुँदा स्वीकार गर्न सकिदैँन । साँच्चै एकता चाहेको हो भने हामीले पहिला राखेका ६ बुँदा अनुसार प्रस्ताव आउनु पर्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ,’ नेता भुसालले भन्नुभयो ।

अध्यक्ष ओलीले पनि आइतबार पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव अगाडि सारेका थिए । ओलीको प्रस्तावमा पार्टीलाई जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्दै नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएकालाई आधार मानेर एमाले केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ