हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीलाई जेठ ३ २०७५ को अगाडीकै स्थितिमा पुर्याउन तयार रहेको भन्दै एकतामा आउन ६ बुदे अपील गरेका छन् । तर त्यस वक्तव्यप्रति पनि माधव समुहका नेताहरु भने शसंकित रहेका छन् ।
उनीहरुले ओलीले राखेको प्रधानमन्त्रीमा देउवाको समर्थनमा गरिएको हस्ताक्षर फिर्ताको शर्त रोखका छन् । यो सर्त लगायतका कुरा र पटक पटक ओलीले झुक्याउदै आएको भन्दै उनीहरु यही वक्तव्यबाट पार्टी एकता भईहाल्ने मनशायमा देखिदैनन् ।
रामकुमारी झाँक्रीदेखि रघुजी पन्त र अष्टलक्ष्मी शाक्य, विरोध खतिवडा लगायतका नेताहरुले यो ओलीको अल्मल्याउने चाल मात्र भएको भन्दै भ्रममा नपर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
माधव समुहले हिजो विज्ञप्ति जारी गरी सरकारको आलोचना गरेकै दिन ओलीले साँझ विज्ञप्ति जारी गरी एकताको लागि आव्हान गरेका थिए ।
यही विषयमा साझा धारणा बनाउन एमाले खनाल नेपाल समुहको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्दैछ ।