प्रतिनिधिसभा विघटन मुद्दाः आज संवैधानिक इजलासमा दुई न्यायाधीशले राय दिने

प्रतिनिधिसभा विघटन मुद्दाः आज संवैधानिक इजलासमा दुई न्यायाधीशले राय दिने

  • सोमवार, जेष्ठ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

२४ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाईका लागि आज संवैधानिक इजलास बस्दैछ । इजलासमा आज न्यायाधीश दिपक कुमार कार्की र डा. आनन्दमोहन भट्टराइले आफ्नो राय दिँदैछन् ।

जेठ १८ मा कार्की र भट्टराइ राय सहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । आइतबार दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासबाट बाहेक हुनु पर्ने वा नपर्ने भन्नेबारे बहस भएको थियो ।

रिट निवेदक पक्षका कानुन व्यवसायीले वरिष्ठताको आधारमा इजलास गठन भएको हुनाले मुद्दा हेर्न मिल्ने जिकिर गरेका थिए ।

त्यसबारे दुवै न्यायाधीशले आजको इजलासमा आफ्नो राय दिएपछि विघटन मुद्दाको सुनुवाई अगाडी बढ्ने छ ।
जेठ १८ मा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले विघटनको मुद्दा हेर्दा ‘स्वार्थ नबाझिने’ राय दिएपछि भट्टराई र कार्कीले इजलास छाडेका हुन् ।

रिट, निवेदक तर्फका कानुन व्यवसायीले नेकपा विभाजन गर्ने मुद्दा फैसलामा गरेको हुनाले विघटनको मुद्दामा केसी र श्रेष्ठको सार्थक सरोकार रहेको दाबी गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ