६ बुदे ओलीको अर्को डिजाईन् हो, हामी हस्ताक्षर फिर्ता लिदैनौँ, भ्रममा नपर्नुस्ः झाँक्री

६ बुदे ओलीको अर्को डिजाईन् हो, हामी हस्ताक्षर फिर्ता लिदैनौँ, भ्रममा नपर्नुस्ः झाँक्री

  • सोमवार, जेष्ठ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

एमाले भित्र चरम अन्तरविरोधले पार्टी विभाजनको डिलमा पुगेका बेला प्रधानमन्त्री केपी ओलीले आफू पार्टीलाई जेठ २, २०७५ अघिको स्थितिमा सञ्चालन गर्न तयार रहेको भनी आईतबार साँझ जारी गरेको विज्ञप्ति एउटा डिजाईनमा आएको भन्दै माधव समुहका नेताहरु शसंकित भएका छन् ।
भलै यो वक्तव्यप्रति आज स्थायी समितिको बैठक बसेर साझा धारणा बनाउने खनाल नेपाल समुहको तयारी छ । तर ओलीले यो साँचो मनले पार्टी एकता गर्ने तिरबाट भन्दा पनि नयाँ डिजाईनमा आएको आशंका नेताहरुले गरेका छन् ।
सामाजिक सञ्जालमा धारणा लेख्दै नेतृ रामकुमारी झाँक्रीले यो साँच्चै पार्टी एकताको लागि भन्दा पनि झुक्याउन र अलमल्याउन ओलीले ल्याएको फण्डा भएको बताईन् ।
उनले अदालतमा पूर्व सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता हुनेछ भनिएको छ, कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसँग सल्लाह वा सहमति गरेर सँयुक्त वक्तव्य आउनु पर्ने होईन ? भन्दै प्रश्न गरेकी छन् ।
झाँक्रीले , लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन। त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ। भनेकी छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ