पार्टी विभाजनको संघारमा पुगेका बेला एमाले खनाल नेपाल समुहले दश बुदे विज्ञप्ति जारी गरी सरकारको चर्को आलोचना गरेको केही घण्टा पछि नै एमाले अध्यक्ष ओलीले ६ बुदे विज्ञप्ति जारी गरी पार्टी एकतामा आउन अपील गरेका छन् ।
उनले साँझ विज्ञप्ति जारी गर्दै पार्टी एकतामा आउन आव्हान् गर्नुका साथै आफू पार्टीलाई जेठ ३ २०७५ को अवस्थामा फर्काउन तयार रहेको बताएका छन् ।
तर त्यसका लागि पूर्व सांसदहरुले शेर बहादुर देउवालाई सभापति बनाउन गरेको हस्ताक्षर फिर्ता गर्नु पर्ने ओलीको शर्त छ । माधव समुहका २४ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए ।
ओलीले यस अघि माधव नेपाल सहितका नेतालाई गरिएको कार्बाही फिर्ता लिने र कसैमाथि भेदभाव नगर्ने आस्वासन समेत दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline