संसद विघटनविरुद्ध मुद्दाः प्रधानन्यायाधीश राणाद्वारा वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

संसद विघटनविरुद्ध मुद्दाः प्रधानन्यायाधीश राणाद्वारा वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

  • आइतवार, जेष्ठ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

२३ जेष्ठ, काठमाडौं । प्रतिनिधिसभा विरुद्ध परेका रिटमाथि सुनुवाइकालागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटनका विरुद्ध परेको मुद्दामा सुनुवाइ गर्न यसअघि वरियता मिचेको भन्दै इजलास विवादित भएपछि नयाँ इजलास गठन गरिएको हो ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराई रहनुभएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की तेस्रो वरियतामा रहेपनि गत पुसमा प्रतिनिधिसभा विघटनपछिको मुद्दा सुनुवाइका क्रममा उहाँ सम्मिलित इजलासमा कानुन व्यवसायीहरुले प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारका महान्यायाधिवक्ता भइसकेका व्यक्ति उहाँ विरुद्धको मुद्दाको सुनुवाइमा न्यायाधीश भएको भन्दै कार्कीको भूमिकामा प्रश्न उठेको थियो ।

यस्तै, प्रधानन्यायाधीशपछि वरिष्ठताको क्रममा चौथो नम्बरमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि संवैधानिक इजलासमा पर्नुभएको छैन । परिवारमा कोरोना संक्रमित रहेकाले आइसोलेसनमा बस्नु परेकाकारण श्रेष्ठ इजालसमा नपरेको सर्वोच्च अदालतले बताएको छ ।

यसरी कार्की नपरेपछि खतिवडा र श्रेष्ठ नपरेपछि भट्टराई संवैधानिक इजालसमा परेका हुन् ।

प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा निवेदन परेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ