बाँदरमुढे घटनाको १६ वर्ष, पीडितले अझै न्याय पाउन सकेनन्

बाँदरमुढे घटनाको १६ वर्ष, पीडितले अझै न्याय पाउन सकेनन्

  • आइतवार, जेष्ठ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

२३ जेष्ठ, काठमाडौं । चितवनको दक्षिण माडी (बाँदरमुढे) मा भएको विष्फोटको घटना जेठ २३ गते १६ बर्ष पूरा भएको छ । तत्कालीन माओवादीले यात्रु बसमा गराएको विष्फोटको घटना भएको १६ बर्ष पुग्दा पनि पिडितले अझै न्याय पाउन सकेका छैनन् ।

तत्कालिन माओवादी कार्यकर्ताले विद्युतीय धराप विस्फोट गराउँदा ३४ जना सर्वसाधारण र तीन सुरक्षाकर्मीसहित ३७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

पछि थप ५ जनाको मृत्यु भयो, ७० जना घाइते छन्। उक्त घटनाको आज १६ वर्ष पुरा भएको छ।

घटनाका पीडितले अझै पनि न्याय मागी रहेका छन। बाँदरमुढे खोलामा स्मारक बनेको छ। पीडित उक्त स्थानमा शोकसभा गरेर फर्किन्छन्। वर्षेनी यो क्रम चल्दै आएको छ। न्यायको बदलामा पीडा अनुभूति हुने घाइतेहरु दुःखेसो गर्छन्। घटनाका विषयमा कसैले सोधे पनि दिक्क मान्छन्, पुरानो घाउ बल्झाएको भन्दै कति त झर्किन्छन्। घटना विर्सन नसक्दा पीडा हुने गरेको उनीहरु बताउँछन्।

यात्रुबाहक बसमा गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले अझैसम्म उचित न्याय पाउन नसकेका हुन् । बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिले पटक पटक न्यायका लागि पहल गरेपनि प्रतिबद्धता अनुसारको काम नभएको गुनासो पीडितहरुले गर्दै आइरहेका छन् ।

घटना भएको जेठ २३ गते १६ बर्ष पूरा भएपनि न्याय दिन आलटाल भइरहेको भन्दै पीडितले उचित न्याय दिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताएका छन् ।

तत्कालीन माओवादीका नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड अहिले सो क्षेत्रको सांसद समेत रहेका छन् । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसंग गरेका सहमती अझै लागु हुन सकेको छैन ।

मृतकका आश्रृत परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृती र बालबालिकालाई पढाइ दिने सहमती भएको थियो ।

विसं २०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए।

अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना२ख ३२४५ नंको बसमा माओवादीले बम विस्फोट गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ