जसपाका दुवै पक्षलाई निर्वाचन आयोगको ताकेताः एक अर्कालाई कारवाही गरेको कागजपत्र साँझसम्म बुझाउनुपर्ने

जसपाका दुवै पक्षलाई निर्वाचन आयोगको ताकेताः एक अर्कालाई कारवाही गरेको कागजपत्र साँझसम्म बुझाउनुपर्ने

  • आइतवार, जेष्ठ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

२३ जेष्ठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय एकले अर्कालाई गरेको कारबाहीबारे राजनीतिक दलसम्बन्धी नियमावली २०७३ अनुरुपका कागजात आज साँझसम्म बुझाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुवै समूहलाई कारबाहीसम्बन्धी कागजात बुझाउन आजसाँझ सम्मको म्याद दिनुभएको हो ।

जसपाका दुवै पक्षले बुझाएको पत्रमा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचा नपुगेको भन्दै अनुसूची १८ को फाराम भरेर बुझाउन समयसीमा दिएको आयोगले जनाएको छ ।

आयोगले बुधबार दुवै पक्षले पठाएका पत्र कानुन बमोजिम नभएका भन्दै खारेज गरेर राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको फाराम भरेर बुझाउन निर्देशन दिएको थियो ।

यादव समूहले भने आयोगले पठाएको पत्र बमोजिमका कागजात बिहीबार नै बुझाएको जनाईएको छ ।

ठाकुर समूहलाई आयोगले केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयको हस्ताक्षरसहितको माइन्यूट र अनुसूची १८ अनुरुपको फाराम भरेर पठाउन भनेको थियो ।

तर, उसले अहिलेसम्म नबुझाएपछि आयोगले ताकेता गरेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनु भयो । यादवले मंगलबार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको पत्र आयोगमा पठाउँदै दर्ता किताबाट नाम हटाउन आग्रह गर्नुभएको थियो ।

त्यसको जवाफमा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निष्कासन गर्दै उस्तै व्यहोरा आयोगमा जानकारी दिएको थियो ।

आयोगको पत्रको जवाफ यादव समूहले बिहीबारै बुझाए पनि ठाकुर समूहले अहिलेसम्म नबुझाएको आयोगको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ