मेरो अभिव्यक्ति बग्याएर र गलत अर्थ लाग्ने गरि प्रचार गरियो: उपप्रधानमन्त्री महतो

मेरो अभिव्यक्ति बग्याएर र गलत अर्थ लाग्ने गरि प्रचार गरियो: उपप्रधानमन्त्री महतो

  • आइतवार, जेष्ठ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

२३ जेठ, काठमाडौं । आफूले दिएको अभिव्यक्ति बग्याएर र गलत अर्थ लाग्ने गरि प्रचार प्रसार भएको भन्दै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले ध्यानाकर्षण भएको बताउनु भएको छ ।

शनिबार राति एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महत्तोले संविधानको धारा ३ बमोजिम यो राष्ट्र हो भन्ने आत्मसाथ गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय आफूले व्यक्त गरेको स्पष्ट पार्नुभयो ।

संविधानको धारा ३ मा राष्ट्र भन्नाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धि प्रति आस्थावान रहि एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हुन भन्ने उल्लेख छ ।

‘संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न संशोधनका निम्ति गठित कार्यदलमा आफ्नो धारण राख्ने उहाँले बताउनुभयो । म राष्ट्रिय एकता र अखण्डता प्रति पूर्ण प्रतिबद्ध छु’ जारी विज्ञप्तिमा भनिएको छ ।

तर महत्तोले शुक्रबार सपथ लिएलगत्तै र शनिबार पनि नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने मुक्ति आन्दोलन अहिले पनि चलिरहेको बताउनु भएको थियो ।

‘यो देश बहुलताले भरिएको छ, विविधताले भरिएको छ । नेपाल एकल राज्य होइन, बहुल राज्य हो, महतोको भनाइ थियो । आफ्नो पार्टी कांग्रेस र कम्युनिष्ट जस्तो नभएको भन्दै महतोले कांग्रेस र कम्युनिष्टले गर्न नसकेका काम गर्न पार्टी स्थापना भएको जिकीर समेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ