अघिल्लो वर्ष भएको लकडाउनमा लाखौँ मानिसहरु भोक र रोगका शिकार भए । अहिले पनि लामो समयदेखि निषेधाज्ञा चलिरहेको छ । तर राज्यका तर्फबाट खासै राहतको व्यवस्था गरिएको छैन । यस्तो बेला विभिन्न संघ संस्थाहरुको पहलमा फेरी भोका मानिसहरुलाई खाना खुवाउने कार्यक्रमहरु चलिरहेका छन् । शनिबार बसन्तपुर डबलीमा खाना खुवाईदै गरिएको दृष्यहरु ।
यी दृष्यहरुले भनिरहेछन् नागरिक भोका छन्, रोजीरोटीको अभाव छ । सरकार उनीहरुलाई खाने व्यवस्था गरिदेउ भन्ने प्रतीक देखाईरहेको छ । तर दलका नेता र सरकार राजनीतिक आरोप प्रत्यारोप र सत्ताको भागवण्डामा व्यस्त छन् । रात विरात शपथ खाने डेढ दर्जन मन्त्रीहरुको आखाँ पनि यता परोस् । नागरिकहरुको यस्तै सुझावहरु आइरहेका छन् ।




यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline