मन्त्री भएकै भोलीपल्ट राजेन्द्र महतोको पुत्ला दहन, माधव समुहका ११ विद्यार्थी नेता पक्राउ

मन्त्री भएकै भोलीपल्ट राजेन्द्र महतोको पुत्ला दहन, माधव समुहका ११ विद्यार्थी नेता पक्राउ

  • शनिबार, जेष्ठ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

उपप्रधानमन्त्री भएको २४ घण्टा वित्न नपाउदै शहरी विकास मन्त्री राजेन्द्र महतोको बिरुद्ध नारावाजी र पुत्ला दहन भएको छ । नेपाल बहुल राष्ट्रीय राज्य बनाउन मुक्ति आन्दोलन गर्ने भनि दिएको अभिव्यक्तिका बिरुद्ध आज एमाले खनाल नेपाल समुहका बिद्यार्थीले नाराबाजी गर्दै पुत्ला दहन गरेका थिए ।
विरोधमा उत्रिएका अनेराश्ववीयुका अध्यक्ष र महासचिव सहित ११ जना विद्यार्थी नेतालाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका सबै ११ जनालाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। उनीहरूलाई प्रहरीले कुटपीटसमेत गरेको थियो। अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहित महतोको अभिव्यक्तिमाथि विरोध गर्दै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

महतोले मन्त्रीको शपथग्रहणलगत्तै‌ नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन चलाइरहेको बताएका थिए ।

एमालेको खनाल नेपाल समुहका १८ जनसंगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोले संविधानविरोधी अभिव्यक्ति दिएको भन्दै तत्काल माफी माग्न उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई आग्रह गरेका छन्।

शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ती संगठनले मन्त्री महतोको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ