जेठ २५ गतेदेखि ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई महानगरका वडा स्तरमा भेरोसेल खोप दिइने

जेठ २५ गतेदेखि ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई महानगरका वडा स्तरमा भेरोसेल खोप दिइने

खोप केन्द्र पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार

  • शुक्रबार, जेष्ठ २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

जेठ २१ काठमाडौँ । जेठ २५ गतेदेखि ६० बर्षदेखि ६४ बर्षसम्मका व्यक्तिलाई दिइने कोविड विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन काठमाडौँ महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले वडा खोप समन्वय समितिलाई पत्र पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा आज जिल्ला स्वास्थ्य कार्यालय र विभागविच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो ।
यो उमेर समूहका व्यक्तिका लागि भेरो सेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्र पङ्तिमा खटिनेहरुका लागि त्यसपछि ६५ बर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ बर्षदेखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप दिएको थियो । यी व्यक्तिहरुलाई उपलब्धताका आधारमा कसैलाई कोभिसिल्ड –भारतीय खोप) र कसैलाई भेरोसेल (चाइनीज) खोप दिइएको हो । यसरी खोप पाएकामध्ये धेरैले दुवै डोज लगाएका छन् भने कोभिसिल्डको पहिलो मात्रा लगाउने केहीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करीब १ लाख व्यक्तिले लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी