सरकार गठन हुँदा रक्षा मन्त्री रहेका एमाले नेता ईश्वर पोखरेल केही समय अघि रक्षा मन्त्रीबाट हटाईए । उनलाई मन्त्रीपरिषद्को कार्यलय हेर्ने जिम्मेवारी दिईयो । त्यसपछि सिसिएमसीको प्रमुख बनाईयो । त्यसबाट पनि केही समय अघि हटाईएका विना विभागीय मन्त्री ईश्वर पोखरेल अन्ततः अब मन्त्रीबाटै हट्ने भएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्मा व्यापक फेरवदल गर्दै पोखरेल , प्रदीप ज्ञवाली, पद्मा अर्याल, प्रेम आले लगायतका एमालेकै मन्त्रीपनि हटाएका छन् ।
नयाँ मन्त्रीका रुपमा स्वास्थ्यमन्त्रीमा शेर बहादुर तामागंलाई नियुक्ति दिने भएका छन् । उनी केही समय अघि माधव समुह छाडेर ओली समुहमा लागेका थिए ।
जसपाबाट ८ मन्त्री र दुई राज्यमन्त्री सहित १० जना र एमालेका नयाँ गरी मन्त्रीहरुलाई आजै राति शपथ खुवाईदैछ ।
प्रधानमन्त्री ओलीले माओवादी छाडेर एमाले प्रवेश गरेको बादल समुहलाई समेत मन्त्रीमण्डलमा समावेश गरेको छैन ।
एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र रघुबीर महासेठ उपप्रधानमन्त्री बन्ने र जसपाबाट राजेन्द्र महतो उपप्रधानमन्त्री बन्ने भएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका ओली निकट स्रोतले जानकारी दिएको छ ।