आज ४ हजार ६२४ मा कोरोना संक्रमण पुष्टि, ८ हजार ६६३ जना निको भए

आज ४ हजार ६२४ मा कोरोना संक्रमण पुष्टि, ८ हजार ६६३ जना निको भए

  • शुक्रबार, जेष्ठ २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

जेष्ठ २१, काठमाडौँ । आज देशभर ४ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा गरिएको १४ हजार १८२ पीसीआर परीक्षणमा ४ हजार ६२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, ६ हजार ६३१ एन्टिजेन परीक्षणमा २ हजार २९ जनामा कोरोना संक्रमण भेटिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

यस्तै, २४ घण्टामा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ पुगेको छ । क्वारेन्टाइनमा ७५५ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ