जेठ २१ काठमाण्डौं । जसपाको केन्द्रीय कार्यकारीणी समितिको बहुमतले पार्टीबाटै निष्कासन गरेपनि महन्त ठाकुरले ओलीसरकारसँग सहकार्य गर्न छाडेको छैन । ठाकुर अहिले सरकारमा सहभागीताको बिषयमा टुंगो लगाउन बालुवाटार पुगेका छन् ।
ओली नेतृत्वको सरकारमा कम्तीमा ८ मन्त्री र दुई राज्य मन्त्री माग गरेको यो समुहलाई तत्कालै ५ वटा जति मन्त्रालय दिएर शपथ गराउने मनशायमा प्रधानमन्त्री रहेको बताईएको छ ।
ठाकुरले केही मन्त्रीको नाम समेत टुंगो गरिसकेका छन् । जसमा राजेन्द्र महतोले जसपाको नेतृत्व गर्दै वाणिज्य तथा आपुर्ति मन्त्रालय सम्हाल्ने सहमति भएको छ । जसपा स्रोतले महतोले वाणिज्य मन्त्रालय लिएर शपथ लिनेछन् । उनी यस अघि पनि पटक पटक आपुर्ति मन्त्री बनिसकेका छन् ।
सके सम्म आज नै केही मन्त्रीले शपथ ग्रहण गर्ने संभावना रहेको बताईएको छ ।
जसपालाई एमाले प्रवेश गरेका पूर्व माओवादी खेमाले सम्हालेका मन्त्रालयहरु दिने तयारी छ । ती मध्य गृह भने एमाले आफैले राख्ने बताईएको छ ।