संवैधानिक ईजलाशमा राखिएका दुई न्यायधीशमाथि प्रश्न उठेपनि उनीहरुले बेन्च नछाड्ने अडान लिनुका साथै दुई न्यायधीशले बेन्च छाडेपछि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले आज फुलकोर्ट बैठक बोलाएका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्वामा रोलक्रम मिचेर दुई न्यायाधीश छनौट गरि संवैधानिक इजलास गठन भएपछि इजलास गठनमा प्रश्न उठेको थियो ।
न्यायाधीस तेजबहादुर केसी र बमकुमार श्रेष्ठ माथि बिपक्षीका तर्फबाट मुद्धा हेरिरकेका कानुन व्यवशायीले प्रश्न उठाएका थिए ।
प्रश्न उठाइएका न्यायाधीश केसी र श्रेष्ठले इजलास नछाड्ने अडान लिएपछि न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईले नैतिकताका आधारमा नबस्ने निर्णय गरेपछि नयाँ इजलास गठन हुने हुनेछ । आजको फुलकोर्ट बैठकमा त्यस विषयमा छलफल हुनुका साथै संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन गर्नुपर्ने भएपछि मस्यौदा सर्वोच्चको आजको फुलकोर्ट बैठकमा पेश गरि अघि बढ्ने बताइएको छ ।
नियमावली संसोधन भएमा वरिष्ठताका आधारमा इजलास तोकिने छ ।