गिट्टी, बालुवा, ढुंगा निकासी सम्बन्धि निर्णय सच्याउन प्रदेश दुई सरकारको माग, अन्यथा आफै निर्णय गर्ने चेतावनी ( विज्ञप्ति सहित )

गिट्टी, बालुवा, ढुंगा निकासी सम्बन्धि निर्णय सच्याउन प्रदेश दुई सरकारको माग, अन्यथा आफै निर्णय गर्ने चेतावनी ( विज्ञप्ति सहित )

  • बिहिबार, जेष्ठ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको आर्थिक बजेट सच्याउन माग गरेका छन् ।
सरकारले जारी गरेको बजेटमा ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने छ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दु सम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था मिलाएको छु’ भनि उल्लेख गरेको प्रति प्रदेश २ सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले त्यसको खारेजीको माग गरेका हुन् ।
प्रदेश नं. २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेशको रक्षा कवचको रुपमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले यस प्रदेशका जनता हरेक वर्ष बाढी पहिरो, पानी र कृषि उपज समेतको समस्याबाट प्रताडित हुँदै आएको र ढुंगा, गिटी निकालिए थप समस्या निम्नते निश्चित रहेको र चुरे क्षेत्र बालुवा गिट्टीको स्रोत मात्र नभई प्राकृतिक सम्पदामा समेत धनी रहेको उनको भनाइ छ । प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकोले चुरे दोहनले यी सबै प्राकृतिक सम्पदाले आफ्नो वासस्थान गुमाउने निश्चित रहेको बताउँदै उनले संघीय सरकारको यस्तो अदूरदर्शी निर्णयले देशकै अन्न भण्डारको रुपमा रहेको प्रदेश २ को सम्पूर्ण भू–भाग मरुभूमिकरण भई शतप्रतिशत जनताको बिचल्ली हुने दावी गरेका छन् ।
उनले बजेट वक्तव्यलाई नसच्याए तराई मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिने चेतावनी पनि दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ