पर्सामा निषेधाज्ञाः जनतालाई प्रतिवन्ध, एमालेलाई चुनावी कार्यक्रमको छुट ?

पर्सामा निषेधाज्ञाः जनतालाई प्रतिवन्ध, एमालेलाई चुनावी कार्यक्रमको छुट ?

  • बिहिबार, जेष्ठ २०, २०७८
  • -दिपक चौरसिया

  • 5.9K
    SHARES

पर्साभरी कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लामा प्रशासनले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधज्ञा लगाएको छ। तर निषेधाज्ञा अवधिमा औषधि उपचार र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ।

तर, पार्टीका नेताहरुले यस ऐन नियमलाई धज्जी उडाउँदै पर्साको विभिन्न पालिकाहरुमा सर्वसाधारणहरुको घरदैलोमा पुगेर चुनावी प्रचार प्रसारमा व्यस्त छन् । जिल्लाको ग्रामीण भेगमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्न थालेका छन्। निषेधाज्ञाको समयमा सत्तारुढ दलका नेताले कार्यक्रम गर्दा प्रशासन भने मुकदर्शक बनेको छ।

एमालेका नेता एवम् पूर्वसांसद राजकुमार गुप्ताले निषेधाज्ञाको उल्लंघन गरेर विगत ३ दिनयता आफनो निर्वाचन क्षेत्रमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै आएका हुन्। एमाले नेता गुप्ताले जेठ १७ गते पोखरीया, औरही, सन्ठी, बहुअर्वामा कार्यकर्ता भेला गरेका थिए। जेठ १८ गते पनि नेता गुप्ताले पोखरीया नगरपालिका ९ शीवबर्वामा कार्यकर्ता भेलाका साथै पार्टी प्रवेश कार्यक्रम गरेका थिए।

नेता गुप्ताले निषेधाज्ञामा भीडभाड गरेर चुनावको प्रचार गर्दै राजनीतिक कार्यक्रम गरेको तस्बिर र समाचार विभिन्न अनलाइन मिडिया र सामाजिक सन्जालमा भाइरल भएका छन्। भीडभाड गरेर चुनावी कार्यक्रम गरिएको तस्बिर र समाचार भाइरल भएपछि त्यसको आलोचना भइरहेको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको अवस्थामा औषधी किन्न जाने सर्वसाधारणमाथि प्रहरीले लाठी बर्साइरहेको बेला यस किसिमको भीडभाड हुने कार्यक्रमप्रति प्रशासनको ध्यान पुग्न नसकेको हो कि जानी जानी छुट दिएको हो, त्यो अन्यौलको विषय बनेको छ ।

एमाले नेता गुप्ताले निषेधाज्ञा उल्लघंन गरेर गाउँमा भीडभाड गरेर आयोजना गरेका कार्यक्रमको तस्बिर सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै तिवारीले लेखेका छन्,‘निषेधाज्ञामा नेतालाई चुनावी कार्यक्रम गर्न सरकारले के छुट दिएको हो ? के नियम कानुन सर्वसाधरण जनतालाई मात्र लाग्ने हो ? ’

एमाले नेता एंव पूर्वसांसद गुप्ताले भने आफूले चुनावी कार्यक्रम नगरेको प्रतिक्रिया दिए। उनले भने, ‘पोखरियाको सिवर्बाका मनोज कुर्मीको स्वास्थ्य अवस्था बुझ्नका लागि गएको थिएँ, त्यही स्थानमा एक जनाले आएर टीका लगाइदिनु भनेपछि मैले टीका मात्रै लगाएको हुँ। जबकी सामाजिक सन्जाल फेसबुकमा भाइरसल भएको तस्बिर नेता गुप्ता, एमालेका अर्का नेता प्रधुम्न चौहानले कार्यकर्ता माझ सम्बोधन गरेको प्रस्ट देखिएको छ।

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी