नेपालमा कोरोनाको नयाँ भेरियन्ट भन्दै बेलायती मिडियाको हल्लाः डब्लुएचओ भन्छ त्यस्तो देखिएको छैन सरकारले लेख्यो बेलायत सरकारलाई पत्र

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भन्दै बेलायती मिडियाको हल्लाः डब्लुएचओ भन्छ त्यस्तो देखिएको छैन सरकारले लेख्यो बेलायत सरकारलाई पत्र

  • बिहिबार, जेष्ठ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

बेलायती मिडियाले नेपालमा कोरोना भाईरसको नयाँ भेरिन्यट देखा परेको भन्दै समाचार प्रकाशित गरेपछि त्यसको आलोचना भएको छ ।
बेलायतको डेली मेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको समाचार प्रकाशित गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि त्यसैलाई उद्धृत गर्दै समाचार दिइरहेका छन् । समाचार प्रकाशित भएलगत्तै विश्व स्वास्थ्य संगठनले नेपालमा नयाँ भेरियन्ट देखिएको पुष्टि नभएको स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयले बेलायतको सम्बन्धित निकायलाई पनि यसबारेमा प्रश्न उठाउँदै चिठी लेखेको छ ।

डेली मेलले नेपालमा देखिएको कोरोनाको नयाँ भेरिएन्टका कारण नेपालमा छुट्टी मनाउन जानु चुनौतीपूर्ण रहेको लेखेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा कुनै नयाँ भेरियन्ट नदेखिएको स्पष्ट पारेका छन् । पौडेलका अनुसार नेपालबाट विदेश गएका नेपालीहरूको परीक्षण विभिन्न देशमा भइरहेको छ । तर, कुनै पनि देशमा नयाँ भेरिएन्ट देखिएको जानकारी आएको छैन ।’

विदेशी मिडियाले समाचार छापेपछि त्यसबारे नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न खोजी रहेको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि नेपालमा कुनै नयाँ भेरियन्ट हालसम्म पुष्टि नभएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ