पार्टी निर्देशन विपरीत मुख्यमन्त्रीको पक्षमा उभिए पछि जनमोर्चाका कृष्ण थापाको सांसद पद गुम्यो

पार्टी निर्देशन विपरीत मुख्यमन्त्रीको पक्षमा उभिए पछि जनमोर्चाका कृष्ण थापाको सांसद पद गुम्यो

  • बिहिबार, जेष्ठ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

कास्की जेठ २० । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाईदिएको छ । जनमोर्चाको केन्द्रीय समितिको बैठकले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो । उनलाई हटाएको जानकारी संसद सचिवालयमा पनि दिईएको छ ।

पोखरेलका अनुसार उक्त निवेदन दिउँसो १२स्२५ मा सचिवलायमा दर्ता भएको छ । आज बस्ने प्रदेशसभाको बैठकमा सूचना पढाएर सुनाइए पछि उनको पद स्वत खारेज हुनेछ ।

यसभन्दा अघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो । सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ