एमालेः माधव नेपालले बोलाए केन्द्रीय समितिको बैठक, ओलीले स्थायी समितिको !

एमालेः माधव नेपालले बोलाए केन्द्रीय समितिको बैठक, ओलीले स्थायी समितिको !

  • बिहिबार, जेष्ठ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

विभाजनको संघारमा पुगेको नेकपा एमाले भित्र फरक गतिविधि र कार्बाहीको सिलसिला चलिरहेका बेला आज खनाल नेपाल समुहले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
माधव नेपालले बोलाएको केन्द्रीय समितिको बैठक जुम मार्फत हुनेछ । दिँउसो १ बजेपछि हुने बैठकले ओलीसँग मिल्ने संभावना कम रहेकाले नयाँ पार्टी निर्माणको प्रकृयामा जाने बारे समेत छलफल हुने जनाईएको छ ।
यसैबीच ओली समुहले भने एमालेका नामबाट कार्बाहीमा परेका व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन भन्दै केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ । कार्यलय सचिव शेर बहादुर तामागंले एक विज्ञप्ति जारी गरी कार्बाहीमा परेका मान्छेले एमालेको नामबाट बोलाएको बैठकमा नजान अपील गरेका हुन् ।
यता ओली समुहले पनि स्थायी समितिको बैठक बोलाएको छ । दिउसो ४ बजे बालुवाटारमा बस्ने बैठकले पछिल्लो घटनाक्रम र पार्टीको विवादबारे छलफल गर्ने जनाईएको छ । यस अघि समय नपुगेको भन्दै बैठक सर्दै आएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ