सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट मार्फत भारतसगँको व्यापार घाटा कम गर्न ढुंगा, गिट्टी र बालुवा बेच्ने योजना ल्याएपछि अहिले चौतर्फी बिरोध भईरहेको बेला काँग्रेसले आधिकारीक धारणा सार्वजनिक गरेको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले विज्ञप्ति जारी गरी चुरे दोहोन नीतिबाट तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न माग गरेका छन् ।
सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै चुरे दोहन गरेर व्यापार घाटालाई न्यून गर्न खोज्नु भनेको खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको आरोप लगाएका छन् ।
सरकारले असंवैधानिक कदममार्फत ल्याएको बजेटमा चुरे दोहन हुने नीति अवलम्वन गर्नुलाई पार्टीले गम्भीर रूपले लिएको काँग्रेसले जनाएको छ ।
चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गर्दा पर्यावरणमा गम्भीर असर पर्ने अध्ययनले देखाए पनि गल्ती सच्याएर अघि बढ्नु पर्नेमा दोहन गर्न सरकारले प्रोत्साहन गर्नु प्रकृति विरूद्धको अपराध भएको देउवाले बताए ।
ुदेशले वर्सौंदेखि व्यापार घाटा व्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन, विज्ञप्तिमा भनिएको छ ।
सरकारको यो योजनाको चौतर्फी बिरोध भईरहेको छ ।
