भारतलाई गिट्टी, बालुवा, ढुंगा बेच्ने सरकारको योजनाको प्रतिरोध गर्न गगन थापाको अपील

भारतलाई गिट्टी, बालुवा, ढुंगा बेच्ने सरकारको योजनाको प्रतिरोध गर्न गगन थापाको अपील

  • बुधबार, जेष्ठ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

सरकारले व्यापार घाटा कम गर्ने नाममा चुरेको ढुंगा, गिट्टी, बालुवा भारत निकासी गर्ने योजनाको प्रतिरोध गर्न आम नागरिक समाज र जनतालाई अपील गरेका छन् ।

आफ्ना ुयारुलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन ः छर्लङ्ग भएको छ, थापाले आज फेसबुकमा लेखेका छन् ।
संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ुनेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्नेु कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ।वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ। थापाले भनेका छन् ।

यो ुनीतिगत भ्रष्टाचार होु।आफ्ना ुयारुलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनस्छर्लङ्ग भएको छ।चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो।यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।
अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै।आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गर्दछु। थापाले अपील गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ