बिपी प्रतिष्ठानमा भ्रष्टाचारले सीमा नाघ्यो, बेरुजु नै एक अर्बमाथि , न छानविन न कार्बाही !

बिपी प्रतिष्ठानमा भ्रष्टाचारले सीमा नाघ्यो, बेरुजु नै एक अर्बमाथि , न छानविन न कार्बाही !

  • बुधबार, जेष्ठ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

धरान जेठ १९ । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचारले सीमा नाघ्दै गएको छ । एक पछि अर्को नियम विपरीतका खरीद, निर्माण जस्ता काममा कमिसनको प्रलोभनमा भुक्तानी दिने र कमिसन खाने वेतिथिले गर्दा प्रतिष्ठानलाई नै संकटमा पार्ने खतरा बढीरहेको छ । जुन जोगी आए पनि कानै चिरेको भने झँै जो उपकुलपति बनेर आएपनि कमाउ धन्दामा लागि हाल्ने कारणले बिपी माफियाहरुको पैसा उत्पादन गर्ने थलो बन्न थालेको बु्झाई प्रतिष्ठानका केही कर्मचारीहरुको छ ।
पछिल्लो कोरोना संक्रमणको लहरपछि पनि बिरामीको व्यवस्थित उपचार र अस्पतालको व्यवस्थापन भन्दा पनि अनियमितता, भ्रष्टाचार र कमाउ धन्दामा ओली सरकारले नियुक्त गरेका बिपी प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी, निर्देशक गौरी शंकर शाह लगायतका पदाधीकारीमाथि भ्रष्टाचार र बेरुजुको चाङ लाग्दा मात्र हैन पटक पटक अख्तियारमा उजुरी पर्दा समेत छानविन र कार्बाही हुन नसकेको गुनासो कर्मचारीको छ ।
केही दिन अघि मात्रै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेरुजू एक अर्ब पुगेको आन्तरीक सर्कुलर गरिएको छ । प्रतिष्ठानले सर्कुलर जारी गरेरै प्रतिष्ठानको बेरुजू एक अर्ब नाघेको खुलाएको हो । प्रतिष्ठानले १ अर्ब वेरुजू छ भन्दै सर्कुलर नै जारी गरेपछि प्रतिष्ठानमा हंगामा मच्चिएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा।डा। मोहनचन्द्र रेग्मीले सर्कुलर जारी गर्दै हाल प्रतिष्ठानको बेरुजू एक अर्ब भन्दा माथि पुगेको भन्दै वेरुजू कम गर्दै वित्तीय अनुसार कायम गर्नुपर्ने भएकोले प्रतिष्ठानको नियमावलीको दफा ८।४ ९६० र १४।९ ९५० अनुसार आर्थिक प्रशासनसँग सम्बन्धीत विभिन्न कागजपत्र÷ फायल रजिष्ट्रार कार्यालय मार्फत गराउन भनेको छ ।

‘बेरुजू कम गर्दै वित्तीय अनुसार कायम राख्न आजको प्रमुख दायित्व भएकोले पूर्व छलफल गरी सकेसम्म बेरुजू हुनै नदिने समेत प्रमुख आवश्यक्ता रहेको छ ।’ जारी सर्कूलरमा भनिएको छ–‘प्रतिष्ठानको नियमावली विपरीत भएका आर्थिक क्रियाकलाप र सो पश्चात देखिएका वेरुजू नियमित गराउन रजिष्ट्रार कार्यालय असमर्थ रहनेछ ।’

No description available.

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा प्रतिष्ठानको वेरुजू १ अर्ब नाघेको उल्लेख छ । प्रतिष्ठानको १० वर्ष यताका खरिद, टेण्डरहरुमा मात्रै उक्त बेरुजू देखिएको श्रोतको दावी छ ।

प्रतिष्ठानमा पछिल्ला दिनहरुमा उपकुलपति डा। ज्ञानेन्द्र गिरी तथा अस्पताल निर्देशक डा। गौरिशंकर शाहको मिलेमतोमा चरम भ्रष्टाचार भएको छ । सबैभन्दा धेरै भ्रष्टाचार औषधी उपकरण खरिद टेण्डर र पटके भूक्तानीमा भएका छन् । अस्पताल निर्देशक र उपकुलपतिले स्थानीय मेडिकल सप्लायर्स चेतन अग्रवालसँग मिलेर कोभिड–१९ अस्पतालमा चरम भ्रष्टाचार गरेको श्रोतको भनाई छ ।

प्रतिष्ठानको अक्सिजन प्लान्ट, एचडियू खरिद, कोरोना स्वास्थ्य सामग्री खरिदमा कालोसूचीमा परेको कम्पनीसँग कारोबार गरीएको छ । कोभिड अस्पतालमा आवश्यक औषधी उपकरणमा चेतन अग्रवालको सर्जिकेम डिस्टिव्यूटर्स, प्रसिजन मेडिकल प्रा।लि। बायोमेड इन्टरनेशनल, क्लिन टेक लगायतका कम्पनीबाट उपकुलपतिको ठाडो आदेशमा झिकाइएका सामानहरुको नत मुल्यांकन भएको छ नत स्टोर दाखिला नै ।

प्रतिष्ठानले खरिद गर्ने हरेक सामानहरुको क्वालिटी जाँच हुने गरेको छ । तर, कोभिड–१९ अस्पतालमा फोनको भरमा ल्याइएका स्वास्थ्य सामग्रीहरुको क्वालिटी जाँच समेत नगरी विरामी माथि परीक्षण भइरहेको श्रोतको दावी छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा। गौरिशंकर शाहले चेतन अग्रवालसँगको मिलेमतोमा कोभिडका विरामीको स्वास्थ्य सुरक्षामा समेत खेलवाड गरेको आरोप छ । पछिल्लो समय प्रतिष्ठानको वित्तीय कारोबारमा प्रत्यक्ष जोडिने रजिष्ट्रारलाई बाइपास गरेर उपकुलपति कार्यालयबाट भुक्तानी भइरहेको छ ।

प्रतिष्ठानको आर्थिक नियमावली विपरित जथाभावी आर्थिक कारोबार भएर वित्तीय संकट उत्पन्न भएपछि रजिष्ट्रारले सूचना प्रकाशित गरेको हुन सक्ने श्रोतको भनाई छ । ‘हस्पिटल डाइरेक्टर र उपकुलपतिले प्रतिष्ठानको आर्थिक नियमावली विपरित काम गरेका छन् । चोरले पनि दुई घर पर गएर चोर्छ, यिनीहरुले आफ्नै बासस्थान सिध्याउने भए ।’ प्रतिष्ठानका बरिष्ठ चिकित्सक भन्छन् ।
अस्पताल उपकुलपति र निर्देशक चौधरीले चेतन अग्रवाल, वेणु कोइराला, अक्सिजन प्लान्टमा विज्ञान अर्यालसँग सेटिङ गरेर लूट मच्चाएको चर्चा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी