जनता समाजवादी पार्टीले महन्त ठाकुर, राजेन्द्र महतो , लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई हटाएको केही घण्टा वित्न नपाउदै ठाकुरले पनि उपेन्द्र यादवलाई प्रतिकार्बाही गरेका छन् । उनले यादवलाई पार्टीबाटै निकालेको घोषणा गरेका छन् ।
यादवलाई ठाकुर पक्षले कारबाही गरेको हो। भट्टराई(यादव पक्षले कार्यकारिणी समिति बैठक बोलाएर ठाकुर र महतोसहित नेताहरु सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निश्कासन गरेर निर्वाचन आयोगमा पत्र समेत पठाईसकेको छ ।
आफूहरूमाथि कारबाही गरेलगत्तै ठाकुर–महतो पक्षले पनि यादवलाई पार्टीबाट निश्कासन गरेको छ ।
एकले अर्कोलाई कार्बाही गर्दै गएको जसपा भित्र को आधिकारीक भन्ने निक्र्यौल हुन सकेको छैन । जसपा भित्र केन्द्रीय कार्यकारीणी समितिमा यादव भट्टराईपक्ष बहुमतमा रहेको छ ।
अर्कोतिर संसदीय दलमा ठाकुर महतो पक्ष बहुमतमा रहेको छ । जसपा अब एक ढिक्का हुन नसक्ने देखिएको छ । यादव समुह ओली सरकार बिरुद्ध केन्द्रीत छ भने ठाकुर ओलीसरकारसँग मिलेर सरकारमा सहभागी हुने तयारीमा छ ।