प्रधानमन्त्री ज्यू कालो कोटमा हैन, कालो सोचमा छ समस्या : विश्व प्रकाश शर्मा

प्रधानमन्त्री ज्यू कालो कोटमा हैन, कालो सोचमा छ समस्या : विश्व प्रकाश शर्मा

  • मङ्लबार, जेष्ठ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

जेठ १८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन व्यवशायी र न्यायाधीशमाथि गरेको टिप्पणीप्रति काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले कटाक्ष गरेका छन् । सोमबार युवा संघको कार्यक्रममा ओली कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन हैसियतमा पुर्‍याउँदैछन् ? कालो कोट लगाउने अराजकहरु जस्ता टिप्पणी गरेपछि शर्माले कालो कोटमा भन्दा कालो सोचमा समस्या रहेको बताएका छन् ।

संसद विघटनविरुद्धको मुद्दा न्यायिक निरुपणका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीले कडा टिप्पणी गरेका थिए । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएकोमा ओलीले आपत्ति जनाएका थिए ।
शर्माले ट्वीटरमा लेखेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ।’

संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुलाई वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए । काँग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति ओलीलाई आग्रह गरेका छन् ।
‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान ? शर्माले प्रश्न गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ