प्रधानमन्त्री केपी ओली सर्वोच्च अदालतमाथि पनि खनिएका छन् । उनले आज युवा संघको भर्चुअल बैठकलाई संवोधन गर्दै अदालतबाट संविधानको कमजोर र नकारात्मक व्याख्या गर्ने प्रवृति बढेको आरोप लगाएका छन् ।
पुष ५ गते उनले विघटन गरेको संविधानलाई सर्वोच्च अदालतले पुनस्थापित गरिदिएपछि फेरी उनले अहिले आक्रोस पोखेका हुन् । संसद पुनस्थापना गरेर सर्वोच्चले सही काम नगरेको ओलीको जिकिर छ ।
उनले संसद पुनस्थापित नगरिदिएको भए अहिले निर्वाचन भएर मुलुक सही दिशामा गईसक्ने थियो भन्दै अहिले पुनः संसद विघटन बिरुद्ध परेको रिटमा बहस भईरहेका बेला यस्तो अभिव्यक्ति दिएका हुन् ।
साथै उनले कानुन व्यवशायीहरुलाई कालो कोटधारी अराजकहरुको संज्ञा दिएका छन् । के कालो कोट लगाएका अराजहरुले न्यायधीश छान्ने ? उनीहरुले लेखेर दिएको फैसला न्यायधीशले पढ्नु पर्ने उनले आक्रोस व्यक्त गरे ।
ओलीले कालोकोट लगाएका केही अराजक व्यक्तिहरूले न्यायाधीश छान्न खोजेको र आफै फैसाला लेख्न चाहेको भन्दै उनीहरूको कडा आलोचना समेत गरेका छन्।
नले पूर्व प्रधानन्यायाधीश तथा अवकाशप्राप्त न्यायमूर्तिहरूले सरकारी पेन्सर खाएर न्यायलयको हुर्मत लिन खोजेको आरोप लगाउँदै भने, आफ्नो समयमा केही नगर्ने, अहिले न्यायालयका कामकारबाहीमाथि सडकमा तान्डब मच्चाउने। यस्ता आउटडेटेड इमिमेन्टबाट देशलाई प्रभावित हुन दिइने छैन। जोगाइने छ।ु