अब फेरी पाँच वर्ष ओली नै प्रधानमन्त्री बन्छन्, हामी काँग्रेस र माओवादी फुटाउन सक्छौँ : महेश बस्नेत

अब फेरी पाँच वर्ष ओली नै प्रधानमन्त्री बन्छन्, हामी काँग्रेस र माओवादी फुटाउन सक्छौँ : महेश बस्नेत

  • सोमवार, जेष्ठ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

जेठ १७ काठमाण्डौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले पनि काँग्रेस र माओवादी केन्द्र विभाजन गर्न सक्ने दाबी गरेका छन् ।
उनले युवा संघको भर्चुअल बैठकमा बोल्दै काँग्रेसका २३ जना सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गरे । यसै गरी माओवादी केन्द्रका पनि २५ जना भन्दा बढी सांसद प्रचण्डबाट पार नलाग्ने निष्कर्ष सहित बसेको बस्नेतले दाबी गरे ।
आफूहरुले चाँहदा काँग्रेस र माओवादी पनि फुटाउन सक्ने हैसियत रहेको भन्दै अब आउने निर्वाचन पछि पाँच वर्ष केपी ओली नै प्रधानमन्त्री हुने दाबी पनि बस्नेतले गरे ।
नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा लगायतका नेताहरु एमालेसँग एकताको पक्षमा रहेको बस्नेतको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ