चीनले अनुदानमा दिएको ८ लाख कोरोना खोप भोली काठमाण्डौ आईपुग्ने

चीनले अनुदानमा दिएको ८ लाख कोरोना खोप भोली काठमाण्डौ आईपुग्ने

  • सोमवार, जेष्ठ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

छिमेकी मुलुक चीनले अनुदानमा दिएको ८ लाख डोज खोप भोली मंगलबार काठमाण्डौं आईपुग्ने भएको छ ।
जेठ १२ गते चीनीया राष्ट्रपति सि जिन पिङले जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन संवादमा १० लाख डोज खोप थप सहयोग दिने घोषणा गरे लगत्तै यो खोप आउन लागेको हो ।
यस अघि नै आठ लाख डोज खोप चीनले अनुदान दिएको थियो । चीनले कुल १८ लाख डोज कोरोनाको खोप नेपाललाई सहयोग गरेको छ ।
योपटक चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदैछ। उक्त खोप लिएर जहाज मंगलबार बिहान नेपाल आइपुग्ने एयरलाइन्सले जनाएको छ। बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र खोप स्थलमार्ग भएर आउने छ।

यसअघि चीनबाट ल्याइएको ८ लाख डोज खोप १८ वर्ष उमेर समूहका मानिसलाई लगाइएको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ