एमाले ओली समुहले लुम्विनीमा पनि खायो धक्काः काँग्रेसका तर्फबाट उठेका पूर्व एमाले सांसद पाण्डे राष्ट्यि सभा सदस्यमा निर्वाचित

एमाले ओली समुहले लुम्विनीमा पनि खायो धक्काः काँग्रेसका तर्फबाट उठेका पूर्व एमाले सांसद पाण्डे राष्ट्यि सभा सदस्यमा निर्वाचित

  • सोमवार, जेष्ठ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 21.4K
    SHARES

जेठ १७ दाङ । जेठ ६ मा माओवादी छाडेर एमाले प्रवेश गरेका पूर्व गृहमन्त्री राम बहादुर थापाले जस्तै एमालेमै प्रवेश गरेका पूर्व माओवादी राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का पराजीत भएका छन् ।
रोचक के भएको छ भने एमाले छाडेर काँग्रेस प्रवेश गरेका लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो।

२११ मतमध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याए।
प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो। पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए।
खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरे पछि पार्टीले कार्बाही गरेसँगै उनको पद गुमेपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो । उनलाई एमाले ओली समुहले उम्मेद्धार बनाएको थियो ।
त्यसै गरी पाण्डे यस अघि एमालेका प्रदेश सांसद थिए । उनी राजीनामा दिएर काँग्रेस प्रवेश गरेका थिए । अन्ततः उनको बिजयले राम बहादुर थापाको बेला जस्तै ओली समुहलाई पुनः धक्का लागेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ