राष्ट्रिय सभाको उपनिर्वाचनः तीन जनाले दिएनन् मत

राष्ट्रिय सभाको उपनिर्वाचनः तीन जनाले दिएनन् मत

  • सोमवार, जेष्ठ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 19.6K
    SHARES

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा २ सय ९७ जनाले मात्र मत हालेका छन्। तीन जना जनप्रतिनिधिले मत आज नदिएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन्। उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेको बताएका थिए ।

यसैगरी नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएकाले मत हालेनन् भने गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा पनि बिरामी भएकाले भोट हाल्न जान सकेनन् । उनको काठमाण्डौंमा उपचार भईरहेको छ ।

स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाका भने सबै ८३ जनाले मत खसालेका छन्। मत परिणाम आजै आउने छ ।

लुम्बिनीमा नेकपा एमालेको केपी शर्मा ओली समूह र विपक्षी गठबन्धनबाट काँग्रेसका गरी दुई जना उम्मेद्धार छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ